
बैंकिङ खबर/ धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो। नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज लि.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स लि.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज लि.,कलश स्टक मार्केट प्रा.लि. र नबिल सेक्युरिटिज लि. छन् । यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सातवटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो।


