Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

२०८० जेष्ठ २४ गते

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।