Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कृषि उत्पादनमा प्रदेश २ को योगदान महत्वपूर्ण

२०७८ मंसिर ८ गते

बैंकिङ खबर । कृषि उत्पादनमा प्रदेश २ सबैभन्दा अब्बल देखिएको छ । प्रदशे २ को कृषि उत्पादनमा ठुलो हिस्सा रहनेगरेको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी प्रदेश नं. २ मा ३८.३ प्रतिशत रहने अनुमान छ (तालिका १.१) । त्यसैगरी उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशको १७.५ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमती प्रदेशको ७७.४ प्रतिशत रहेको छ । उद्योग क्षेत्रमा प्रदेश नं. २ को हिस्सा क्रमशः ११.५ प्रतिशत रहेको छ ।

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहने अनुमान छ । त्यसैगरी, उद्योग क्षेत्रको योगदान सबैभन्दा कम कर्णाली प्रदेशको १०.७ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान प्रदेश नं. १ को ४८.६ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रदेश नं. २ को हिस्सा ५०.२ प्रतिशत रहेको छ ।