२०७३ भाद्र १७ गते

योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. मिनबहादुरसंगको अन्तरवार्ता : ‘कार्यान्वयनमा केन्द्रित हुनेछु’

हालै राष्ट्रिय योजना आयोगकका उपाध्यक्ष पदमा नियुक्त भएका डा. मिनबहादुर श्रेष्ठ मुलुकको अर्थतन्त्रलाई राम्रोसंग बुझेका अर्थशास्त्री हुन् । राष्ट्र बैंकमा झण्डै ३ दशक काम गरेका श्रेष्ठ राष्ट्र बैंकमा दोश्रो वरियताका कार्यकारी निर्देशक हुन् । त्यसैले पनि श्रेष्ठलाई मुलुकको अर्थतन्त्रको समग्र अवस्थाको बारेमा राम्रो ज्ञान छ । उनले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. युवराज खतिवडा निकट भएर पनि काम गरेका थिए । उनै खतिवडाले सम्हालेको जिम्मेवारीमा पुगेका श्रेष्ठले खतिवडा नै हावी भएको बजेटलाई कसरी अघि बढाउलान भन्ने सर्वत्र चासो छ । 

म्याग्दीमा जन्मेका श्रेष्ठले राष्ट्र बैंकमा कार्यरत रहँदा पाँच वर्षभन्दा बढी अवधि अनुसन्धान विभागमा विताएका छन् । दक्षिण–पूर्वी एसियाली केन्द्रीय बैंकहरुको अनुसन्धान तथा तालिम केन्द्रमा बरिष्ठ अर्थशास्त्रीका रुपमा उनीले एक वर्ष काम गरेको अनुभव छ । नवनियुक्त उपाध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन तथा राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक, बेलायतबाट एमबिए र अस्ट्रेलियाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।
खासगरी मुलुकको समग्र विकासको खाका कोर्ने आयोगले अर्थमन्त्रीलाई सहयोग र सल्लाह दिन विशेष भूमिका निर्वाह गर्छन । बजेटले लिएका उद्देश्य तथा कार्यक्रमको कार्यान्वयमा उपाध्यक्षको जिम्मेवारी महत्वपूर्ण हुन्छ । उनै श्रेष्ठसंग बैंकिङ खबर डटकमका लागि नवराज कुँवरले गरेको संक्षिप्त कुराकानीका क्रममा उनले दिएको प्रतिक्रिया यस्तो थियो ।  

min-bahadurडा. मिनबहादुर श्रेष्ठ, नवनियुक्त उपाध्यक्ष राष्ट्रिय योजना आयोग 
कुनै पनि कार्यक्रम निर्माण वा तयार गरेरमात्रै हुँदैन । त्यसलाई लागु गर्न सक्नुपर्दछ म मान्यता राख्छु । यस कुराप्रति ध्यान दिएर काम गर्नेछु । बजेट र यसअघि योजनामा पारिएका राम्रा कामलाई निरन्तरता दिने र परिमार्जन गर्नुपर्ने विषयमा अध्ययन गरी अघि बढ्नेछु । केही समय योजना आयोगले गरिरहेका समग्र कामका बारेमा अध्ययन गरेपछि मात्र भावी रणनीतिका स्पष्ट खाका तय गरिने छ । बजेट र योजना आयोगले अवलम्बन गरेका राम्रा कामको निरन्तरतासंगै थुप्रै नयाँ र सुधारका कार्यक्रम अघि बढाउने छु । 

चौधौँ त्रिवर्षीय योजनाको आधारपत्र तयार भईसकेको छ । त्यो आधारपत्र चालू आर्थिक वर्ष २०७३/०७४ देखि कार्यान्वयनमा पनि आइसकेको छ । अब यसकै आधारमा योजनालाई अन्तिम रुप दिइनेछ । धेरै परिवर्तन गरिनेछैन । किनकि सो आधारपत्र सम्बन्धित सबै क्षेत्रका विज्ञलाई सहभागी बनाएरै मस्यौदा गरिएको दस्ताबेज हो । 

नेपालमा राम्रा योजना बन्ने गरेका छन् । तर, ती कार्यान्वयन नहुने र अपेक्षित प्रतिफल प्राप्त नहुने समस्या छ । म यस्ता योजनालाई कार्यान्वयनमा लैजाने र प्रतिmल प्राप्त गर्नेतर्फ ध्यान दिनेछु । त्यस्तै आयोगमा अनुगमन गर्ने संयन्त्रहरु धेरै छन् । ती निकायहरुलार्य सक्रिय र त्रियाशील बनाउनेतर्फ ध्यान दिनुछु । त्यस्तै, श्रोतको पुनरावलोकन गर्ने कामलाई प्राथमिकता दिइनेछ । परक बजेट ल्याउने वा अहिलेकै बजेटलाई निरन्तरता दिनेबारे अहिले नै केही भन्न सकिदैन । तर उपयुक्त समयमा सरकारको सल्लाहकाका रुपमा उपयुक्त निर्णय लिइनेछ ।