November 23rd, 2021

गुराँस लाइफकाे साधारणसभा शुक्रबार, लाभांश प्रस्ताव पारित हुने

बैंकिङ खबर।

गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ। १० मंसिरमा बस्ने साधारणसभाले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ।

सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ। नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस गुराँसले २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गरेको छ। यसअनुसार २२ कात्तिकसम्म नेप्सेमा कायम रहेका शेयरधनीले उक्त लाभांश पाउन सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]