
बैंकिङ खबर।
लाइफ इन्स्योरेन्स कर्पोरेशन( एलआईसी) नेपालकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक भएको छ। कम्पनीले बीमाङ्कीय मूल्यांकनको आधारमा मुनाफामा सिमित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ।
कम्पनीको सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन्।
यस्तै जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्युनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन्। धनवृष्टि बीमा योजनामा ५५ रुपैयाँ, धन फिर्ता, बीमा योजनामा न्युनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म, बाल ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँदेखि ६० रुपैयाँ बोनस पाउनेछन्।
जीवन तंरग बीमा योजनामा न्युनतम ५६ रुपैयाँदेखि ६७ रुपैयाँ र जीवन बचत बीमा योजनामा ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस शेयर पाउने कम्पनीले जनाएकाे छ।




