Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शंकाष्पद कारोबारको छानविन कसरी गर्ने ? धितोपत्र बोर्डले दियो यस्तो तालिम

२०७३ भाद्र १६ गते

dhitopatraनेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले बोर्डका कर्मचारी, लगानीकर्ता संघ, पुंजीबजारका सरोकारवाला, सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा मर्चेन्ट बैंकरका पदाधिकारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको हो । 

बोर्डले धितोपत्र बजारलाई प्रयोग गरी सम्पत्ति शुद्धिकरण हुन नदिन सूचक संस्थाहरुले भुमिका खेल्नुपर्ने उल्लेख गरेको छ । जिम्मेवार निकायले सत्य तथ्य सूचना तथा विवरण उपलब्ध गराउनका लागि ग्राहकसंग आवश्यक विवरण संकलन गर्न, जोखिमका आधारमा ग्राहक वर्गीकरण गर्ने, शंकास्पद कारोवारको रिपोर्ट तथा अन्य नियमित रिपोर्ट गर्ने लगायतका जिम्मेवारी वहन गर्न विश्वसनीय प्रणालीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गैरकानुनी सम्पत्तिको स्रोत, गैरकानुनी सम्पत्ति शुद्धिकरण हुन सक्ने माध्यम, सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान तथा प्रस्तावित कानुनी व्यबस्था, जोखिम प्रोफाइल तयार गर्ने लगायतका बिषयमा प्रशिक्षण दिदै बोर्डले कालोधनको खोजीलाई गंभिरता पूर्वक लिन पनि निर्देश गरेको छ ।

बजारमा कालोधन प्रवेश भएको भन्नेमा लगानीकर्ता विश्वस्त नभएको हुंदा यर्थार्थ छानवीन गनुपर्नेमा बोडले जोड दिएको छ । कुनै पनि कारोवार गर्दा यथार्थ मूल्यमा गर्नुपर्ने र १० लाख भन्दा कम रकमको पटक पटक कारोवार गर्दा पनि त्यस्तो कारोवार शंकास्पद कारोवार हुनसक्ने तर्फ पनि ध्यान पुर्याउन भनेको छ ।

साथै बोर्डले सूचक संस्थाहरुले ग्राहकको विवरण लिदा जोखिमयुक्त देखिएमा ग्राहकको पहिचान गर्न सुझाएको छ । साथै उसले जिम्मेवारी पूरा नगर्दा हुन सक्ने दण्ड जरिवाना हुने जस्ता प्रावधान बारे पनि स्पष्ट पारेको छ । धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारणमा आफु संवेदनशील रहेको समेत प्रष्ट पारेको छ । 

अभिमूखीकरण कार्यक्रमको शुभारम्भ गर्दै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले पुंजीबजारको स्वच्छ, दिगो एवं विश्वसनीय विकासका लागि बोर्ड प्रतिबद्ध रहेको बताए । उनले पुंजी बजारको माध्यमबाट गैरकानुनी धनलाई शुद्धिकरण हुन नदिन सम्पूर्ण सरोकारवाला पक्षहरुले आ–आफ्नो भूमिका र जिम्मेवारीका वारेमा स्पष्ट हुन र सहकार्य गर्न जोड दिए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल र बोर्डका निर्देशक डा.नवराज अधिकारीले सरोकारवालाहरुलाई बिषयवस्तु बारे व्याख्यात्मक प्रशिक्षण दिएका थिए ।