
बैंकिङ खबर।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बाग्लुङको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा संस्थागत सुसाशन तालिम, लेकसाइड, पोखरामा कात्तिक ३० देखि मंसिर ३ गतेसम्म सम्पन्न भएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराको अध्यक्षता, संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीको प्रमुख अतिथ्यता, संचालक सदस्य हरिप्रसाद शर्मा र सिर्जना थापाको अतिथ्यतामा संस्थाको केन्द्रिय कार्यालयका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु र शाखा प्रवन्धकहरु वीच पहिलो त्रैमासिकको प्रगतिको समीक्षा गरिएको छ ।
योजना विभागीय प्रमुख रामचन्द्र बाँस्तोलाबाट प्रथम त्रैमासिक शाखागत प्रगति समीक्षा प्रस्तुतीकरणलाई ब्लकस्टेशनका अनुगमन अधिकृतहरुबाट सहकार्य र शाखा प्रमुखबाट सो विषयवस्तुहरु माथि आफ्नो विचार विमर्शहरु राखेका थिए। संस्थाका कम्पनी सचिव निर्मल गौतमले संस्थागत शुसासन तथा निती निर्देशनको पालना सम्बन्धमा सहभागीलाई प्रशिक्षीत गरेका थिए।
त्यसैगरि कर्जा सूचनाको जानकारी र सो को प्रभावकारी कार्यान्वयन सम्बन्धमा सूचना प्रबिधी बिभाग प्रमुख अशोक थापा र कर्जा जोखिम व्यवस्थापन, कर्जा बिश्लेषण तथा कर्मचारीको क्षमता अभिबृद्धी सम्बन्धमा क्रमशः कर्जा बिभाग प्रमुख हेमलाल थापा, दिल कुमारी श्रीस, प्रकाशबहादुर बोगटी, लोकेन्द्र पौडेल र दुर्गा बहादुर थापाले सहजीकरण गरिएको उक्त कार्यक्रम सामान्य सेवा विभागीय प्रमुख लोकन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
संस्थागत प्रगति समीक्षासहित जोखिम व्यवस्थापन, संस्थागत सुशासन, बैंक तथा वित्तीय संस्थाको ऐन कानुन विषयहरुमाथि शाखा प्रवन्धक टंकप्रसाद ढकाल, यमनाथ शर्मा, नविना श्रेष्ठ, लोकबहादुर घर्ति, रामकुमार लिम्वु, राजेश थारुको सक्रिय सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम त्रैमासको प्रगतिको आधारमा खैरेनी शाखा प्रथम, बरेङ शाखाले दोस्रो र वामीटक्सार शाखाले तेस्रो स्थानमा हासिल गरेका थिए । उक्त शाखाहरुलाई पुरस्कारसहित सम्मानीत गरिएको थियो भने त्रैमासिक लक्ष्य पूरा गर्ने उक्त ३ शाखासहित शाखा कार्यालयहरु भिमफेदी, सिमलचौपारी, नौडाडा, सिसहनीया र कोल्हुवालाई समेत शतप्रतिशत लक्ष्य हासिल गरेकाले पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा सहभागी शाखाको तर्फबाट कोपवा शाखाको शाखा प्रवन्धक अन्जना सुनार र बेनौली शाखाको प्रवन्धक लाल महम्मदले मन्तव्य राखेका थिए।
३४ हजार सदस्य आवद्ध यस वित्तीय संस्थाले १७ हजार ऋणी सदस्यहरुलाई १ अर्व ४१ करोड लगानीसहित ५८ करोड बचत कारोवार गरेको छ। यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको इजाजत प्राप्त गरी १९ जिल्लाको ४४ वटा शाखा र २ सम्पर्क कार्यालयहरुबाट १९६ प्रत्यक्ष कर्मचारीलाई रोजगारी प्रदान गर्दै वित्तीय कारोवार गरेको छ। संस्थाको पहिलो त्रैमाससम्म खुद नाफा ९८ लाख रहँदा प्रति शेयर आम्दानी ५५.८५ रहेको छ।




