
बैंकिङ खबर।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१ रुपैयाँ बराबरको बोनस शेयर र २ प्रतिशतले हुन आउने ४ करोड २ लाख १५ हजार २१४ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।
कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।




