
बैंकिङ खबर।
ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको यस अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बीमा शुल्कमा ५० प्रतिशतले वृद्धि भएकाे छ। यस्तै कुल लगानी रकममा ८२ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९.२३ करोड नाफा गर्न सफल भएको जनाएकाे छ। व्यवसाय तथा लगानी वृद्धि, सञ्चालन खर्चमा सन्तुलन लगायतका कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६.१० करोड कायम भएको छ।
जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्धि भई ४.५५ अर्ब कायम गर्न सफल भएकाे पनि कम्पनीले जनाएको छ।




