Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब १७ कराेड, ९.७९ प्रतिशतले वृद्धि

२०७८ मंसिर २ गते

बैंकिङ खबर।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासिक अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क सङ्कलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यस अवधिमा ९.७९ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।

कम्पनीले गत वर्षको यही समय अवधिमा १ अर्ब ६ करोड रुपैयाँ सङ्कलन गरेको थियो। यही अवधिमा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ। यो रकम गत आवको भन्दा १.४१ प्रतिशतले बढी हो। २ अर्ब ४१ करोड रुपैयाँ कम्पनीको हालको चुक्ता पुँजी रहेको छ भने कम्पनीको जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको दाबी भुक्तानी २५ करोड ४६ लाख रुपैयाँ रहेको छ।