Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय बाणिज्य बैंकमा अनलाइनबाट जव अप्लाई कसरी गर्ने ? (सूचनाको पूर्ण पाठसहित)

२०७८ कार्तिक २७ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकमा जव अप्लाई गर्नका लागि अनलाइनबाटै फारम भर्न सकिन्छ । हाल राष्ट्रिय बाणिज्य बेंकले ले ८१४ कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि सूचना जारी गरेको हो । यसका लागि अनलाइन फाराम भर्न सकिने छ । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिन सकिने छ । वाणिज्य बैंकले सहायक प्रबन्धक प्रशासन, कानुन, सूचना प्रविधि, नगद, वरिष्ठ सहायक र सहायक पदमा भने धेरै संख्यामा कर्मचारी मागेको छ ।

बैंकको पूर्ण सूचना यहाँ उल्लेख गरिएको छ ।