२०७३ भाद्र १५ गते

अन्तर्राष्ट्रिय संस्था केयर रेटिङ सँगको सहकार्यमा नयाँ रेटिङ एजेन्सी सञ्चालनमा ल्याइँदै

ratingअन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा विशाल ग्रुप र इमर्जिंग नेपालले नयाँ रेटिङ एजेन्सी सञ्चालनमा ल्याउने भएका छन् । केयर रेटिगं (नेपाल) लिमिटेड नामको एजेन्सी स्थापन गर्ने सम्बन्धमा त्रीपक्षीय सम्झौता भएको हो । समझदारी पत्रमा केयर रेटिगंस् काकार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिगं नेपाल लिमिटेडका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरे । 

२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंस्को ५१५, विशाल ग्रुपको १९५ र इमर्जिगं नेपालको १०५ तथा अरु २०५ बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९५ ननाघ्ने गरी लगानी जुटाइने भएको छ । केयर रेटिगं अन्र्तराष्ट्रिय प्रतिष्ठा प्राप्त संस्थाले अन्र्तराििष्ट्रय जगतमा व्यापक सेवाहरु प्रदान गरीरहको विज्ञप्तीमा उल्लेख छ । भविष्यमा नेपालको वित्तीय बजारको विकासमा यसले उल्लेखनीय सेवा प्रदान गर्नेछ ।