२०७३ भाद्र १५ गते

गभर्नरले गरे ‘आशा लघुवित्त’ उद्घाटन : वित्तीय संस्थामार्फत उद्यमी बन्न आग्रह

14182193_10210389059060986_167031048_nनुवाकोटको मदानपुरमा आशा लघुवित्त वित्तीय संस्था नामको नयाँ राष्ट्रिय स्तरको लघुवित्त संस्था खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बुधबार संस्थाको उद्घाटन गरे । सो लघुवित्त संस्था बैंकिङ क्षेत्रमा देशकै प्रतिष्ठित प्रभु ग्रुप मातहतमा स्थापना भएको हो ।  

governorउद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गभर्नर नेपालले लघुवित्तमार्फत ग्रामिण क्षेत्रमा लगानी गर्न एउटा ठूलो र सफल समूह नुवाकोटमा भित्रिएको भन्दै आशा लघुवित्तले वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । लघुवित्त संस्थाहरुले घरमा बसी–बसी पैसा लिएर खर्च गरिदेउ भनिरहेका बेला विदेश गएर विदेशीको चाकडी नगर्न आम युवालाई उनले आह्वान समेत गरे । गभर्नर डा. नेपालले वित्तीय संस्थाहरु गाउँ–गाउँमा आउँदा पनि ती संस्थाको महत्व र आवश्यकता बुझिएन भने त्यस ठाउँका जनताको आर्थिक अवस्थामा सुधार नआउने उल्लेख गरे । उनले वित्तीय संस्थाहरुलाई भरपुर उपभोग गरेर आफ्नै गाउँमा उद्यमशील बन्न आम सर्वसाधरणलाई आह्वान समेत गरे । मुलुकमा उत्पादन भएका सबै बस्तुका लागि नेपालमै प्रशस्त बजार रहेको उनको भनाई थियो । ‘विदेशबाट आयात हुने गरेका सामानलाई मात्रै रोक्ने गरी उत्पादन बढाउने हो भने नेपालीहरु सम्पन्न हुने कुरामा कुनै दुईमत छैन ।’ गभर्नर डा. नेपालले भने ।  

atmaramनेपाल इन्भेष्टर फोरमका अध्यक्ष डा. आत्मराम घिमिरेले लघुवित्त संस्थाहरुले दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नयाँ संस्थाहरुले त्यसलाई जोगाउँदै अझै बढी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले नुवाकोटबासीले आफ्नै आँगनमा अर्को नौलो अवसर पाएको भन्दै आशा लघुवित्तलाई नुवाकोटबासीको मन जितेर अघि बढ्न शुभकामना समेत दिए ।  

ram pandeyकार्यक्रममा बोल्दै आशा लघुवित्तका अध्यक्ष राम पाण्डेले आशा लघुवित्तले ग्रामिण भेगका नागरिकमा नयाँ आशा र विश्वास कायम गर्ने बताए । उनले राष्ट्र बैंकको नीति–निर्देशनलाई मान्दै एक वर्षभित्रै संस्थामार्फत ग्रामिण भेगका जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनसहित केही सञ्चालकहरुको समेत उपस्थित रहेको थियो । हाल १० करोड चुक्ता पुँजीबाट सुरु भएको सो संस्थाले चालु आर्थिक वर्षभित्र १० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष पाण्डेले बताए । पाण्डेले पाँच वर्षभित्रै देशभरका ग्रामिण क्षेत्रहरुमा पुग्ने कार्ययोजनाहरु तय गरिएको जानकारी समेत दिए । उनले राष्ट्र बैंकले तोकेअनुसार ६० करोड चुक्ता पुँजी केही वर्षभित्रै पुर्याउने योजना समेत सुनाए । ‘हामी राष्ट्र बैंकको निर्देशनलाई मान्दै चुक्ता पुँजी पुर्याउँदै जानेछाँै ।’ संस्थाका अध्यक्ष पाण्डेले भने– ‘चालु आर्थिक वर्षभित्र १० वटा शाखा विस्तार गर्ने र पाँच वर्षभित्र देशभरिका ग्रामिण भेगमा पुग्ने हाम्रो लक्ष्य छ ।’ कार्यक्रममा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।