बैंकिङ खबर । बिमा समितिले जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स बिजनेस सम्बन्धी नयाँ निर्देशिका खारेज गर्न माग गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले आफूहरुसँग छलफल नगरी प्रिमियम वृद्धि गरेकोमा आपत्ति जनाएका छन् । गत ६ असोजमा बिमा समितिले सो निर्देशिका जारी गरेको थियो । विज्ञप्तिमा सो का बारे अर्थमन्त्रीलाई समेत आग्रह गरिएको जनाइएको छ ।
