August 19th, 2021

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्रीलाई निरन्तरता

बैंकिङ खबर । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
यस अघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा २०७४ साल भदौ १ गते नियुक्त भएका उनको भदौ १ गते पहिलो कार्यकाल सकिएको थियो । कम्पनीले अबको कार्यकालका लागि पनि क्षेत्रीलाई निरन्तरता दिने निर्णय गरेको हो । 

सिद्धार्थ इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारी को जिम्मेवारी सफलता पुर्वक पुरा गरेका निजलाई दोस्रो कार्यकाल ४ वर्षको लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेे प्रशासकको रुपमा मानिन्छन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]