वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेटको हकप्रद सेयर सोमबारदेखि खुलेको छ । कम्पनीले आफ्ना लगानीकर्ताका लागि दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसअनुसार, कम्पनीको २ कित्ता सेयर हुने लगानीकर्ताले १ कित्ता हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
१०० रुपैंया अंकित दरका १ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हाल ३ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको ५० प्रतिशत हकप्रद वितरण पश्चात चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
आगामी असोज १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रदका लागि साउन २० गतेसम्म कायम लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रेहको छ । वोमी माइक्रोफाइनान्सको शाखा कार्यालय र सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत हकप्रदका लागि आवेदन दिन सकिनेछ ।



