नेपाल क्लियरिङ्ग हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)मा क्रमशः डिभिडेन्ड (लाभाशं) भुक्तानी, आईपीओ रिफन्ड, रेमिटेन्स भुक्तानी र तलब भुक्तानीलाई समावेश गरेको छ । सेवा विस्तारको क्रममा समावेश गरिएका यी प्रडक्टहरु मार्फत डिभिडेन्ड, आईपिओ रिफन्ड, रेमिटेन्स, तलब जस्ता बढि संख्यामा गरिने भुक्तानीहरु समेत अब सहजै लाभग्राहीको बैंक खातामा जम्मा गर्न सकिने भएको छ । यस अघि कम्पनीले कष्टमर टान्सफर, ट्रेजरी पेमेन्टर सरकारी भुक्तानी जस्ता प्रोडक्टहरुबाट प्रणाली शुरु गरेको थियो । अन्य Direct Credit (Payment) तथा Direct Debit (Collection)जस्ता भुक्तानी प्रोडक्टहरु चरणबद्ध रुपमालागू गर्ने योजना कम्पनीले लिएको छ ।
कसरी लिने सदस्यता ?
यस प्रणालीमार्फत छिटो र सरल तरिकाले रकमान्तर गर्न सकिने, कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने र जोखिम न्यूनिकरण गर्न सकिनेछ । यस प्रणालीमार्फत गरीने कारोबारले कागजरहित कारोबार गर्न प्रोत्साहन गर्नुका साथै भुक्तानीको प्रक्रियाको कार्य कुशलतामा समेत बृद्धि हुने विश्वास कम्पनीले लिएको छ । यस प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यको रुपमा आवद्ध रहने छन् भने गैर बैंक वित्तीय संस्थाहरु, सरकारी संगठनहरु तथा ठूला संस्थाहरु अप्रत्यक्ष र प्राविधिक सदस्यको रुपमा आवद्ध हुन सक्नेछन् । ग्राहकले NCHL-IPS को सेवा सदस्य बैंक वित्तीय संस्थाहरु माफ्र्mत प्राप्त गर्न सक्नेछन् । हालसम्म यो प्रणालीमा कम्पनीले ५९ बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीहरुलाई अप्रत्यक्ष सदस्यको रुपमा आवद्घ गरिसकेको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपालमा विद्युतीय भुक्तानी एवम् फछ्र्यौटसम्बन्धी आवश्यक प्रणालीहरुको स्थापना गरी अग्रणी सेवाप्रदायकको रुपमा विकसित गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकको अगुवाईमा ‘क’, ‘ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी प्रा. लि.को पहलमा स्थापित कम्पनी हो । विविध राष्ट्रिय भुक्तानी एवम् फछ्र्यौट प्रणालीको स्थापना गरि राष्ट्रिय भुक्तानीद्धारको रुपमा आफुलाई स्थापना गर्ने उद्देश्य कम्पनीले लिएको छ । हाल संचालनमा रहेको विद्युतीय चेक क्लियरिङ्गमा ११३ बैंक तथा वित्तीय संस्थाहरु सहित तीनका २,७४९ शाखाहरु आवद्ध रहेका छन् ।



