बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त रोजगारीको अवसर, छानी छानी दिनुहोस् आवेदन


Bankingkhabar /August 17, 2021

बैंकिङ खबर । बिभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् ।

 सेञ्चुरी कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा र ट्रेनी असिस्टेन्टका लागि समेत केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गते बुधबारसम्म बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

आइएमई लाइफले १ जना कर्मचारीको माग गरेको छ । कम्पनीले डिपार्टमेन्ट हेडका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

सगरमाथा इन्स्योरेन्समा कर्मचारी माग गरिएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । रेको छ । कम्पनीले म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर (मार्केटिङ), जुनियर अफिसर, अफिसर, सिनियर अफिसर (मार्केटिङ), डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ), ट्रेनि डेभलपमेन्ट अफिसर (मार्केटिङ) जस्ता थुप्रै पदमा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २०७८ भदौ ४ गते भित्र आवेदन दिन सक्ने जनाइएको छ ।

 

सिटिजन लाइफ इन्स्योरेन्सले समेत कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा र उप–शाखा ईन्चार्चका लागि ४८ र सेल्स एक्ज्युटिभका लागि १८ जना कर्मचारीको माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र आवेदन दिन सक्नेछन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।
लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गरेको हो । आवेदन दिनका लागि कम्तीमा एस.एल.सि अथवा कक्षा १२ उतिर्ण भएको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले भदौ ११ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

आरम्भ चौतारी लघुवित्तले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
कम्पनीले आज सुचना जारी गर्दै सहायक प्रबन्धक अर्थात् ९ औ तहमा ३ जना, अधिकृत अर्थात् ७ औ तहमा ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतमा १० जना, बरिष्ठ सहायक अर्थात् ५ औ तहमा २ जना कर्मचारी माग गरेको हो । कम्पनीले केहि संख्यामा बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक समेत माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ ।

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाले वित्त विभाग (सहायक प्रबन्धक) (व्यवस्थापक), उपप्रदेशप्रमुख, पर्फमेन्स एसोरेन्स अफिसर, चार्टर्ड एकाउन्टेण्ट/सेमीक्वालिफाईड चार्टड एकाउन्टेण्ट, आइटी अफिसर, डिजिटल इन्ट्रिकेशन एण्ड डेभलमेन्ट अफिसर, Database Administrator-MIS Developer, IT Officer- Network, System &Security,  शाखा प्रबन्धक(सहायक-बरिष्ठ सहायक-सुपरभाइजर) र प्रशिक्षार्थी सहायक-करार कर्मचारी मागेको हो ।लघुवित्तको यी पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आह्वान गरिएको छ ।

 


सोसिअल मेडिया