वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलोपटक लाभांसको घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याउने पहिलो बैंक बनेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांस गरी कूल ४१ प्रतिशत लाभांस घोषणा गरेको छ । गत वर्ष बैंकले २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ नफा कमाएको थियो ।
यो घोषणासँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रद्धारा प्रवद्र्धित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलोपट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो ।


