बैंकिङ खबर । काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुबित्त वित्तीय संस्था लिमिटेडले सेवाग्राही सदस्यलाई भुक्तानी गरेको ब्याज रकमको १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०७७/७८ असार महिनामा कोभिड १९ को दोस्रो चरणको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा कमी आएको विषम परिस्थितिमा संस्थामा आबद्ध सेवाग्राही सदस्यहरुलाई सहुलिएत दिने उदेश्यले आषाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम मिति २०७८/०३/०४ गते देखि २०७८/०३/३१ सम्ममा संस्थालाई चुक्ता गरेमा सेवाग्राही सदस्यलाई भुक्तानी गरेको ब्याज रकमको १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम २७० वटा शाखा कार्यालयहरुबाट देशब्यापीरुपमा ३५ हजार ७ सय ७७ जना सेवाग्राही सदस्यहरुले बुझाएको साँवा तथा ब्याज रकम मध्ये ब्याज रकम रु १,४९,००,८०९ ९ एक करोड उनन्पचास लाख आठ सय नौ रुपैयाँ ०छुट प्रदान गरेको छ । ब्याज छुटका सुबिधाहरुले सेवाग्राही सदस्यहरुलाई केहि हद सम्म आर्थिक भार कम गराई माहामारीसँग जुध्ने हौसला समेत प्राप्त भएको संस्थाको विश्वास रहेको छ ।
संस्थाको मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरु रहेको छ । संस्थाले कार्यक्रम बिस्तार गर्दा लघुबित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको जनाएको छ ।


