Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन

२०७८ श्रावण २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६३ जना कर्मचारीको लागि जागिर खुलाएको हो । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त माग गरेको हो । ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ ।
बैंकले सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरेको छ भने ३० जना कार्यालय सहयोगी पनि मागेको छ ।

यस्तो छ सूचना

कार्यालय सहयोगी पदको परीक्षाको पाठ्यक्रम

सुरक्षा समूह तर्फको परीक्षाको पाठ्यक्रम (सुरक्षा सहायक, रक्षक र सिपाही पदको लागि)