प्राईम कमर्सियल बैंकको तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन भएको छ । बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गरेको हो । बैंकको हकप्रदमा आगामी असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले हाल कायम चुक्तापुँजीको ३३.३ प्रतिशत हकप्रद शेयर जारी गरेको हो । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी चार अर्ब ९४ करोड पुग्नेछ ।
कसरी दिने आवेदन ?
श्रावण १८ गतेसम्म कायम बैंकका शेयरधनीले हकप्रदका लागि भदौ १२ गतेदेखि असोज १६ गतेसम्म आवेदन गर्न सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र बैंकका सबै शाखाहरु मर्फत आवेदन दिन पाउनेछन् ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुासार बैंकले बिराटनगरको बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ । बिराटलक्ष्मीको चुक्ता पूँजी ४२ करोड छ भने कन्ट्रीको चुक्ता पूँजी, ३३ करोड छ ।



