
बैंकिङ खबर/रिलायन्स लाइफइन्स्योरेन्स लि. ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावीभुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो । कम्पनीले हालसम्म आठ करोड तेइस लाख बराबरको दावी रकम भुक्तानी गरेको छ ।


