Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति सहकार्य लघुवित्त सुत्केरी महिलाको माईती बन्दै

२०७८ श्रावण १३ गते

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरे सुर्खेतद्वारा संचालित प्रभात महिला समुहको सदस्य संगिता वली र दुर्गा वि‍.क लाई वित्तीय संस्थाले प्रदान गर्दै आईरहेको सुत्केरी भत्ता प्रति सदस्य रु ८,००० दरले वितरण गरेको  छ । वित्तीय संस्थाबाट लघुवित्त सेवाहरु लिईरहेका यस वित्तीयका ग्राहक सदस्यलाई शिशु स्याहार तथा सुत्केरी आमाको स्याहार होस भन्ने उदेश्यले सुत्केरी भत्ता वितरण गरिएको हाे ।

उन्नति सहकार्य लघुवित्तले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएको छ । लघुवित्त नभइदिएको भए ग्रामीण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहुँना साथ ग्रामीण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो । नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै योगदान रहेको छ ।

सन् २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामीण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाले गर्दै आएको छ ।

लाखौँ नेपालीहरु लघुवित्त सेवाबाट लाभान्वित भइरहेका छन् । यसरी ग्रामीण एवम् विपन्न वर्गलाई उद्यमी बनाएर एवम् महिलाहरुलाई माथि उठाएर लघुवित्तले सहयोग पुर्याइरहेको छ ।

साथै ग्रामीण क्षेत्रमा बसोवास गर्ने विषम परिस्थितीका महिला दिदीबहिनीहरुको लागि उन्नति उहाँहरुको माईती बनेको शाखा प्रवन्धक बताउनुहुन्छ ।