Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा पुनः लोहनी

२०७८ श्रावण १२ गते

बैंकिङ खबर/रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नारायण बाबु लोहनी नियुक्त हुनुभएको छ ।
कम्पनीको यही साउन १ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई दोस्रो कार्यकालको लागि सिइओमा नियुक्त गरेको हो ।

सिइओ लोहनीको नेतृत्वमा कम्पनीले संस्थागत सुशासन, उच्चतम प्रविधिको प्रयोग, अभिकर्ताहरूको वृहत सञ्जाल बनाई, लगानीको विविधीकरण गरी नेपाली बीमा कम्पनीहरूबीच खरो उत्रने लक्ष्य लिएको छ ।

हाल कम्पनीको ८२ ओटा शाखा कार्यालयहरू रहेका छन् भने कम्पनीले एजेन्सी कार्यालयहरूमार्फत देशभर ३२ लाखभन्दा बढीलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

२०६४ मंसीर १८ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रको कार्यालयमा दर्ता भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट २०७४ साउन १८ गते कारोबार गर्न इजाजत पत्र पाएको थियो ।