
बैंकिङ खबर/बीमा कम्पनीहरुले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृत लिनु नपर्ने भएको छ ।
समितिले घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने जनाएको छ ।
समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई पत्र काट्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा स्वीकृति लिनु नपर्ने बताएको हो ।
बीमा कम्पनीहरुले सामान खरिद बिक्री गर्दा आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रहनुपर्ने समितिले जनाएको छ ।
यस अघि कम्पनीहरुलाई सामान खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।
