२०७३ भाद्र १० गते

यी हुन वोनस सेयर घोषणा गरेका ८ वित्तीय संस्थाहरु 

bonus-shareआर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण सार्वजनिक गरेका विभिन्न ८ बैंक तथा वित्त कम्पनीहरुले अघिल्लो वर्षको नाफाबाट लाभांस दिने घोषणा गरेका छन् । लाभांस दिने घोषणा गरेकाहरुमा एउटा वाणिज्य बैंक, दुई विकास बैंक तथा पाँच लघुवित्त कम्पनी रहेका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकले २० प्रतिशत वोनस सेयर तथा २१ प्रतिशत नगद लाभांस दिने भएको छ । त्यस्तै स्वरोजगार लघुवित्तले ३०.४ प्रतिशत वोनस सेयर र १.६ प्रतिशत नगद लाभांस दिने भएको छ । आइसिएफसी फाइनान्सले १७ प्रतिशत वोनस सेयर दिने भएको छ भने नगद लाभांस दिनेछैन । फस्र्ट माइक्रोफाइनान्सले १५ प्रतिशत वोनस सेयर तथा ०.७९ प्रतिशत नगद लाभांस दिने भएको छ ।

पोखरा फाइनान्सले १३.४ प्रतिशत वोनस सेयर दिने भएको छ भने ०.७१ नगद लाभांस दिने भएको छ । त्यस्तै बाग्मति डेभलपमेन्ट बैंकले १४ प्रतिशत वोनस सेयर र ०.७ प्रतिशत नगद लाभांस दिँदा श्री इन्भेष्टमेन्टले १०.५ प्रतिशत वोनस सेयर तथा ०.५५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । युनिक फाइनान्सले १६ प्रतिशत वोनस सेयर दिने भएको छ ।