Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महुली लघुवित्तमा रोजगारी खुल्यो, कहिलेसम्म दिने आवेदन ?

२०७८ श्रावण ८ गते


बैंकिङ खबर/महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले एक सूचना निकाल्दै स्थायी र करार नियुक्तिका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभाग प्रमुखको जिम्मेवारी सहित सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, बरिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा चाहने इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक काजगतासहित साउन २२ गते कार्यालय समयभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।