सेयर विश्लेषक रविन्द्र भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा हकप्रद सेयरमा अत्याचार शीर्षकको एउटा व्यानर फोटो अपलोड गरी धितोपत्र बोर्डको आलोचना गरेका छन् । उनले अपलोड गरेको व्यानरमा लेखिएको छ–
‘हकप्रद सेयर भर्न काठमाडौँ नै आउनुपर्ने अवस्थाको अन्त्य गर । सुरुमा सेयर खुलेको हरेक स्थानमा हकप्रद सेयर भर्ने व्यवस्था गर । धितोपत्र बोर्ड आँखा खोल, कानको रुवा झिक । पत्रिकामा र अनलाईनमा सूचना दिएर सबैको पहुँच पुग्दैन ।’
हाल हकप्रद सेयर खुलेपनि लगानीकर्ताले सेयर भर्न काठमाडौँ नै आउनुपर्ने बाध्यता एउटा सिन्डिकेटकै रुपमा रहेको छ । पछिल्लो समय केही प्रशंसनीय काम गरेको धितोपत्र बोर्डले यसबारे पनि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिँदै आएका छन् । सरोकारवालाहरुले सेयर खुलेको सुरुमा हरके स्थानमा हकप्रद सेयर भर्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।


