जीवन बीमा कम्पनीको कुल बीमा शुल्क १२०अर्बमाथि (कुनको कति ?)


बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब २० अर्ब ९५ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो ।
यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै ३२/८४ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको २७.१५ प्रतिशत हो ।

यसैगरी नेपाल लाइफपछि एलआईसीले १७.१४ अर्ब र नेशनल लाइफले १२.१६ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनी सबैभन्दा धेरैबीमाशुल्क संकलन गर्ने कम्पनीको क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समीक्षा अवधिमा महालक्ष्मी लाइफले सबैभन्दा कम १.०६ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) विस्तार गरेका छन् । जसमा पनि नेपाल लाइफको सबैभन्दा धेरै ८.८२ अर्ब प्रथम बीमाशुल्क रहेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्कको २१.०१ प्रतिशत हुन आउँछ ।

नेपाल लाइफपछि धेरै प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेशनल लाइफ ४.०३ अर्ब सहित दोस्रो र एलआईसी ३.५६ अर्ब सहित तेस्रो स्थानमा रहेको छ । युनियन लाइफ इन्स्योरेन्सले पनि गत आर्थिक वर्षमा साढे ३ अर्ब माथि प्रथम बीमाशुल्क उठाएको छ । महालक्ष्मी लाइफले सबैभन्दा कम ०.७५ अर्ब प्रथम बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company First Premium Total Premium Collecation in Arba
    Till 2078 Ashad  Till 2078 Ashad
1 Nepal Life Insurance  8.82 32.84
2 Life Insurance corporation 3.56 17.14
3 National Life Insurance  4.03 12.16
4 Rastriya Beema Sansthan 0.76 7.41
5 Union Life Insurance  3.18 6.77
6 Asian Life Insurance  2.13 5.92
7 American Life Insurance (Met life) 1.45 5.02
8 Surya Life Insurance  2.01 4.26
9 Prime Life Insurance  1.38 4.03
10 Gurans Life Insurance  1.68 3.68
11 Citizen Life Insurance 2.02 3.59
12 Jyoti Life Insurance  1.84 3.10
13 Reliable Nepal Life Insurance  2.21 2.99
14 Reliance Life Insurance 1.48 2.57
15 I.M.E. Life Insurance  1.59 2.79
16 Sun Nepal Life Insurance  0.91 2.22
17 Sanima Life Insurance  1.28 1.95
18 Prabhu Life Insurance  0.89 1.45
19 Mahalaxmi Life Insurance  0.75 1.06
  Total 41.97 120.95

सोसिअल मेडिया