Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तका नवनियुक्त अध्यक्षले लिनुभयो पद तथा गोपनीयताको सपथ

२०७८ असार २८ गते

बैंकिङ खबर/नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्तअध्यक्ष रमेश कुमार कर्माचार्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्माचार्य यही असार २१ गतेसम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । वित्तीय संस्थाको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा कर्माचार्यलाई चयन गरको हो ।

संस्थामा निर्वाचित÷मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिइ सक्नु पर्नेछ । काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको वित्तीय संस्थाले सम्बन्धित क्षेत्र हेर्ने नेपाल राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था भए बमोजिम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८ कास्कीमा रहेकोले नवनिर्वाचित अध्यक्ष रमेश कुमार कर्माचार्यले नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरी प्रसाद भट्टराई समक्षपद तथागोपनीयताको सपथलिएको वित्तीय संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताउनुभयो ।

कार्यक्रमका अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको निर्देशक ईश्वरी प्रसाद भट्टराईले नवनियुक्त कर्माचार्यलाई पुनः दोस्रो अध्यक्ष पदको कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाले ग्राहक मैत्री कार्यक्रम लिएर वित्तीय पहुँच विस्तार हुन नसकेको स्वीकृत कार्यक्षेत्रमा कार्यक्रम विस्तारमा जोड दिन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कर्माचार्यले अध्यक्ष पदको कर्तव्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधिनमा रही वित्तीय प्रणालीको सम्वद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखि आफ्नो कर्तव्य इमान्दारीका साथ पालना गर्ने बताउनुभयो ।

साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थासँग प्राप्तिमा जानको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पर्खाईमा रहेको समेत बताउनुभयो ।