Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिले एक महिनामा बीमालेख फिर्ता लिने व्यवस्था हटायो

२०७८ असार २५ गते

बैंकिङ खबर/बीमा समिति बीमालेख एक महिनामा फिर्ता लिने व्यवस्थाबाट पछि हटेको छ ।

समितिले बुधबार जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ मा बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । तर यस्तो व्यवस्थाले बीमा क्षेत्रमा थप बिकृति फैलने भन्दै आलोचना हुँदै आएको थियो ।

निर्देशिकाको दफा २१ मा ‘बीमकले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था गर्नु पर्नेछ र सो अवधि बीमालेख जारी भएको मितिदेखि लागु हुनेछ ।’

त्यस्तै उपदफा २ मा ‘उपदफा एक बमोजिमको अवधिभित्र बीमित÷बीमालेख धारकले बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेमा सो बीमालेख अन्तर्गत कुनै दाबी नपरेको अवस्थामा बीमकले बीमालेख बापत लिएको सम्पुर्ण बीमा शुल्क रकम फिर्ता गरी बीमालेख रद्द गर्नु पर्नेछ ।’

उपदफा तीनमा ‘बीमकले उपदफा २ बमोजिम बीमाशुल्क रकम फिर्ता गर्दा मेडिकल अण्डर्राइटिङ बापतको खर्च, बीमालेख जारी मितिदेखि बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेको मितिसम्मको जोखिम बहन गरे बापतको समानुपातिक बीमाशुल्क रकम र टिकट दस्तुर कट्टा गर्न सकिनेछ ।’
समितिले यो व्यवस्थालाई हटाएको छ । यदि यो व्यवस्था कार्यान्वयन भएको खण्डमा मनि लाउन्ड्रिङका घटना बढ्न सक्ने अनुमान गरिएको थियो ।