Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

उधारो बीमा पोलिसी बिक्री नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन

२०७८ असार २० गते


बैंकिङ खबर/ बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको छ । उधारो बीमा गर्ने वा चेक मार्फत प्राप्त हुने बीमाशुल्क बापतको रकम बीमकको बैंक खातामा प्राप्त नभैकन बीमालेख जारी गर्ने जस्ता गतिविधि बीमकहरुबाट भइरहेको भन्ने उजुरी र गुनासाहरु प्राप्त भइरहेको भन्दै यस्तो कार्य नगर्न समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई परिपत्र गरेको हो ।

बीमा ऐन २०४९ तथा बीमा नियमावली २०४९ का प्रावधान अनसार ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्रपात नभएसम्म बीम जोखिम स्वीकार गर्नु हुँदैन । बीमकले जोखिम ग्रहण गरे बापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ’ भनिएको छ ।
कानुन विपरितका त्यस्ता गतिविधिहरु हुन नदिने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतहरुको भएको हुँदा यसतर्फ चनाखो हुन र कानूनले निर्धारण गरिदिएको व्यवस्था पालना गर्न र गराउन ध्यानाकर्षण गरिएको छ ।