July 4th, 2021

एनएमबि बैंकले माग्यो ३१० जना कर्मचारी

बैंकिङ खबर/ एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर)का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर)का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर९सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जुलाई ७ भित्र अर्थात असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]