बैंकिङ खबर/कोरोना महामारीका कारण शिथिल बनेको होटल, रेस्टुराँ तथा रिसोर्टहरु २१ अर्ब पुनरकर्जा लगाएका छन् । सरकारी ब्याजअनुदानमा १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले पुनरकर्जा सुविधा उपयोग गरेका हुन् ।
चालु आर्थिक वर्षको असार १५ गतेसम्म होटल, रेस्टुराँ तथा रिसोर्टले २१ अर्ब ३ करोड ७५ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल १ खर्ब १ खर्ब ४८अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा राष्ट्र बैंकले ग्राहक ऋणी मूल्यांकनका आधारमा र विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् एकमुष्ट रुपमा प्रवाह भएको छ । जसमध्ये एकमुष्ट पुनरकर्जा ९२ अर्ब ३५ करोड रुपैयाँ, ग्राहक मूल्यांकनका आधारमा ४५ अर्ब ८४ करोड रुपैयाँ र लघुवित्त संस्थामार्फत् १० अर्ब २३ करोड रुपैयाँ पुनर कर्जा प्रवाह भएको छ ।
ऋणीले दिएको आवेदनका आधारमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा एकमुष्ट पुनरकर्जा माग गर्छ । जुलाई मागको आधारमा ग्राहक मूल्यांकन गरी बैंक तथा वित्तीय संस्थाले नै कर्जा प्रवाह गर्छन् । ग्राहक मुल्यांकनमा भने बैंक तथा वित्तीय संस्थाले ऋणीले दिएको पुनरकर्जाको आवेदनलाई राष्ट्र बैंकमा नै बुझाउँछन् । सोही अनुसार ग्राहक मूल्यांकन गरी राष्ट्र बैंक स्वयमले नै पुनरकर्जा सुविधा ऋणीलाई दिन्छ ।
राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई वर्गीकरण गरी सोहीअनुसार पाउने प्रवधान गरेको छ । कोभिड प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून गरी वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्रलाई विषेश पुनरकर्जा र मध्यम र न्यून प्रभावितलाई साधारण पुनरकर्जा प्रवाह गरिन्छ भने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंक वा बैंकहरुले मूल्यांकनको आधारमा प्रवाह गर्छ ।
विशेष पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् । साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशत ब्याजदरमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशतमा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने एकमुष्ट एकमुष्ट पुनरकर्जाको ऋणीका साथै क्षेत्रगत विवरण राष्ट्र बैंकमा पठाउन पदैन । बैंकहरुले पठाएको ग्राहक ऋणी मुल्याकनको विवरणमात्र राष्ट्र बैंकमा हुन्छ ।
राष्ट्र बैंकले वर्गिकरण गरेको कोभिड प्रभावित क्षेत्रमा पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको थियो । सोही पर्यटन क्षेत्रका १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले ग्राहक ऋणी मूल्यांकनको आधारमा ६ महिनाका लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाएका हुन् ।
राष्ट्र बैंकले यस्तो पुनरकर्जा पुनः १ पटकका लागि ६ महिना थप गरी नवीकरण गर्न पाउने व्यवस्था गरेको छ ।
पुनरकर्जा सुविधा अति प्रभावित क्षेत्रका ऋणी विषेश पुनरकर्जा पाउने प्रावधान राष्ट्र बैंकले गरेको छ । जसअनुसार पर्यटन क्षेत्रका होटल व्यवसायीले चालु आवको असार १५ गतेसम्म २१ अर्ब बढी बिषेश पुनरकर्जा उपयोग गरेका हुन् ।
पुनरकर्जा उपयोग गर्ने होटल, रेस्टुराँ तथा रिसोर्टमध्ये ४४ वटाले २० करोड रुपैयाँ, ४५ वटाले १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म र ४४ वटाले ५ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म र १६ वटाले ५ करोड रुपैयाँभन्दा थोरै पुनरकर्जा लिएका छन् ।
कुन बैंकबाट कति पुनरकर्जा ?
चालु आवको असार १५ गतेसम्म २२ वटा बैंक तथा वित्त कम्पनीमार्फत् आएका होटल, रेस्टुरेन्ट तथा रिसोर्टलाई ग्राहकऋणी मूल्यांकनको आधारमा पुनरकर्जा प्रवाह भएको छ ।
होटल, रेस्टुराँ तथा रिसोर्टलाई पुनरकर्जा प्रवाह गर्नेमा १८ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनी छन् ।
सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकमार्फत् पुनरकर्जा प्रवाह भएको छ । होटल, रेस्टुरेन्ट तथा रिसोर्टको संख्याको आधारमा भने सबैभन्दा धेरै बैंक अफ काठमाण्डूमार्फत् ग्राहक ऋणी मूल्यांकल आधारमा पुनरकर्जा प्रवाह भएको छ ।
चालु आवको असार १५ गतेसम्म ग्लोबल आइएमई बैंकले १३ वटा होटल, रेस्टुराँ तथा रिसोर्टलाई २ अर्ब २५ करोड ८० लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको छ । भने, सो अवधिमा बैंक अफ काठमाडौंले १६ वटा होटल, रेस्टुराँ तथा रिसोर्टलाई २ अर्ब २ करोड ८६ लाख रुपैयाँ ग्राहकऋणी मूल्यांकनको आधारमा पुनरकर्जा प्रवाह गरेको हो ।
के हो पुनरकर्जा ?
एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो । हाल कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका थिए ।
चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब भन्दा बढी पुनरकर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएका शर्तहरुको अधीनमा रही पुनरकर्जा सुविधा उपलब्ध गराउँदछ ।
(१) साधारण पुनरकर्जा :
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ । यस्तो पुनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिइने छ । (उत्पादनमूलक उद्योग भन्नाले चुरोट, विडी, सिंगार, सूर्ती, खैनी लगायत सूर्तिजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुलाई जनाउने छ ।)
(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(२) विशेष पुनरकर्जा
(क) नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) अष्ट्रिच पालन, अलैंची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक १ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(घ) विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्।
(३) निर्यात पुनरकर्जा
(क) निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) निर्यात पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(ग) निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार कार्यदिनभित्र पुनरकर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।
घ) निर्यात पुनरकर्जाको हकमा म्भझभम भ्हउयचतभच भई उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जा मध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(४) साना तथा मझौला उद्यममा पुनरकर्जा
(क) परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रू १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २.० प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने छ ।
(ख) यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
(५) “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि बमोजिम पुनरकर्जा सुविधा उपलब्ध गराउने छ ।
(६) पुनरकर्जाका शर्तहरु
(१) रुग्ण उद्योगलाई प्रवाह हुने पुनरकर्जा बाहेक अन्य पुनरकर्जा सुविधा असल कर्जाको धितोमा प्रदान गरिने छ ।
(२) केन्द्रीय बैंकबाट प्रवाह हुने कुल पुनरकर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत भन्दा बढी हुने छैन ।
(३) पुनरकर्जा सुविधा उपयोग गर्ने बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा वापत यस बैंकको नाममा तोकिएको ढाँचाको तमसुक गरिदिनु पर्नेछ ।
(४) पुनरकर्जा सुविधामा तोकिएको भुक्तानी अवधि अघि नै पूर्व–भुक्तानी हुन सक्ने छ । पुनरकर्जा भुक्तानी गर्दा साँवा र ब्याज सहित भुक्तानी गर्नु पर्नेछ । यस बैंकले ऋणी बैंक वा वित्तीय संस्थाको खाता खर्च म्भदष्त गरी रकम असुल उपर गर्न सक्ने छ । तोकिएको अवधिमा सावाँ÷ब्याज असुल उपर हुन नसकेमा तीन प्रतिशत पेनाल ब्याजदर कायम गरी असुल गरिने छ ।
(५) पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । एक पटक लिएको पुनरकर्जा चुक्ता गरिसकेपछि मात्र पुनः पुनरकर्जा माग गर्न सकिनेछ ।
(६) पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।
पुनरकर्जासँग सम्बन्धित सामग्री
राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि संशोधन, साना ३५ हाइड्रोलाई राहत(पूर्णपाठसहित)
पुनरकर्जा लिँदै हुनुहन्छ ? यस्तो छ : संशोधित नयाँ प्रक्रिया