
बैंकिङ खबर/बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भन्ने समाचारहरु गलत भएको जनाएको छ ।
विभिन्न सञ्चार माध्यममा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमाको लाइसेन्स दिन लागेको भन्दै समाचार आउन थाले पछि कम्पनीले विज्ञप्ति मार्फत स्पष्टिकरण दिएको हो ।
समितिले लघुबीमा कम्पनीको लाइसेन्स दिन लागेको समाचार आउन थाले सँगै प्रदेश स्तरका मूख्यमन्त्रीले नै समितिमा फोन गरेर सोध्न थालेका छन् । बीमा समितिले लघुबीमा कम्पनीको सम्भाव्यता अध्ययन सुरु गरे पनि लाइसेन्सिङको कुनै पनि काम अगाडि नबढाएको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिएका छन् ।
कतिपय व्यापारिक समुह तथा जीवन बीमा कम्पनीहरु नै नयाँ कम्पनीको स्थापना गर्ने भन्दै समितिमा दर्ता गर्न गैरहेका छन् । यसरी गरिएका दर्ताको कुनै मूल्याङ्कन नहुने हुँदा त्यसैका आधारमा समाचार सम्प्रेषण नगरिदिन समितिले अनुरोध गरेको छ ।



