बुधबार सुन सामान्य महँगिएको छ । सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलाको १ सय रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँका कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ८ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
सुनको मूल्य बढेपनि चाँदीको भाउ भने बुधबार स्थिर रहेको छ । सोमबार देखि नै स्थिर रहेको चाँदीको भाउ बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । बुधबार पनि चाँदीको कारोबार तोलाको ८ सय ६० रुपैयाँका दरले नै भइरहेको महासंघले जनाएको छ ।



