Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हेलम्बुका बाढी पीडितलाई सिभिल लघुवित्तको सहयोग

२०७८ असार १५ गते

बैंकिङ खबर/सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनः निमार्णमा टेवा पु¥याउने अभिप्रायले राहत स्वरुप रकम सहयोग गरेको छ ।
संस्थाले मंगलबार हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखाहरु मार्फत लघुवित्तीय सेवाहरु लगायत गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।