
बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धुरास्थित आफ्नो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यु दावी भुक्तानी गरेको छ ।
स्व.पदम राज पन्तले सन् २०२१ फे्रबुअरी २२ मा रु.७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत सावधिक जीवन वीमालेख खरीद गर्नुभएको र सन् २०२१ मार्च ६ मा निजको जीप दुर्घटनाको कारणबाट मृत्यु भएकोले कम्पनीले वीमा दावी वापत एक करोड चौबिस लाख ४८ हजार मात्र) स्व.पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भुक्तानी गरिएको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेल्धुरा शाखा प्रमुखले चेक हस्तान्तरण गर्नुभयो ।


