
बैंकिङ खबर/बीमा समितिले १४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ । समितिले लाइसेन्स दिनका लागि चार सदस्यीय अध्ययन समिति समेत गठन गरेको छ । समितिले निर्देशक शुशिलदेव सुवेदीको संयोजकत्वमा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सदस्य रहेका छन् ।
उक्त समितिले २० दिन भित्रमा अध्ययन गरेर प्रतिवेदन तयार पार्ने बीमा समितिले जनाएको छ । समितिले अहिले बजारमा के कस्ता समस्या छन्, बीमा व्यवसाय विस्तार गर्नका लागि के के काम गर्नु पर्छ भनेर अध्ययन गर्नेछ ।
समितिलाई माइक्रो इन्स्योरेन्सको आवश्यक्ता विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ । नेपालमा माइक्रो इन्स्योरेन्सको आवश्यक्ता र सम्भाव्यता के कस्तो रहेको छ भनेर पनि अध्ययन गर्नेछ ।
समितिले गत असार चार गते उक्त समिति गठन गरेको थियो । अध्ययन समितिले बिहीबारदेखि काम सुरु गरिसकेको छ । बिहीबारको मितिले २० दिन भित्रमा यस अध्ययन प्रतिवेदन बीमा समितिमा बुझाउनु पर्ने सर्त रहेको छ ।



