
बैंकिङ खबर/समता लघुवित्त वित्तीय संस्था, बनेपाले गत असार १ गते मेलम्ची खोलामा आएको भिषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामग्रीहरु सहयोग गरेको छ । चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाललगायतका सामग्रीहरु हेलम्वुगाउपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा बाढी प्रभावितहरुलाई यो विपत्तिका बेला थोरै भएपनि सहायता होस् भनेर राहत सामग्री सहयोग गरिएको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताउनुभएको छ ।


