Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनएमबि बैंकले माग्यो ३१० कर्मचारी, कसरी दिने दरखास्त(विज्ञापनसहित)

२०७८ असार ९ गते


बैंकिङ खबर/एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि जागिर खुलाएको हो ।

बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो । जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाइजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो ।

माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ ।

तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले जनाएको छ । दरखास्त इमेलबाट पनि दिन सकिनेछ ।