June 14th, 2021

अभिकर्ता संघको भनाईप्रति बीमा समितिले आपत्ति प्रकट गरेपछि …


बैंकिङ खबर/बीमा समितिले पेशागत बिमा अभिकर्ता संघको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । संघले संस्थागत बीमा अभिकर्ता निर्देशिकामा आपति जनाउँदै विज्ञप्तिमार्फत समितिले ध्यानाकर्षण गराएको छ । बीमा समितिले पेशागत बीमा अभिकर्ता संघलाई बीमाको दायरा विस्तारमा बाधक बन्न खोजेको आरोप लगाएको छ ।

अभिकर्ता संघले जारी गरेको विज्ञप्तिले सीमित बीमा अभिकर्ताहरुले मात्र बिमा सम्बन्धी काम गर्न पाउनुपर्छ भन्ने जस्तो एकाधिकारको पक्ष पोषण गरेको जनाउदै समितिले बीमा विस्तारको पहुँचमा बाधक पुग्ने जनाएको छ ।
‘बिमा सेवालाई देशका कुनाकाप्चामा रहेका विपन्न एवं न्यून आय भएका वर्गसम्म विस्तार गरी आगामी आर्थिक वर्षमा ३३५ जनसंख्याको पहुँचमा बिमा सेवा पुर्याउने सरकारको लक्ष्यमा समेत व्यवधान पुग्ने देखिन्छ’ समितिको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, जीवन बीमक संघ तथा बिमा कम्पनीहरुसँग विभिन्न समयमा पटक पटक भएका छलफलमा आगामी असार मसान्तभित्र सबै कर्जाहरु फछ्र्यौट गर्न अप्ठेरो हुने अनुरोध भई आएकाले कम्पनीहरुबाट प्रवाह भएका नगद कर्जाहरुमध्ये कुन कर्जा कति समय अवधिमा फछ्र्यौट गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन समेत भइसकेका समितिले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]