Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर कर्पोरेटसहित सम्पुर्ण शाखा खोल्न पाउने

२०७८ जेष्ठ ३० गते

बैंकिङ खबर/ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर आफ्ना सम्पूर्ण शाखा खोल्न पाउने भएका छन् ।
हाल बीमा कम्पनीहरुको केन्द्रीय कार्यालय मात्रै सञ्चालन हुँदै आएको थियो। बीमा समितिले केन्द्रीय कार्यालय सञ्चालनका लागि ५ वटा सवारी पास प्रदान गरिरहेको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको निर्णय पछि अब बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरे सँगै केन्द्रीयसहित शाखा कार्यालय पनि खोल्न दिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

गत जेठ १९ गतेको आदेशमा बीमा कम्पनीहरुले केन्द्रीय कार्यालय मात्रै खोल्न पाउने व्यवस्था थियो । अहिले भने बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति २० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने भनिएको छ । यस व्यवस्थाले अबदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यालय सञ्चालन गर्न पाउने छन् ।