अबको भविश्य डिजिटलमा : व्यापारदेखि-शिक्षासम्म, बैंकिङदेखि-कारोबारसम्म !

बैंकिङ खबर/ सरकारले तीन वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सार्वजनिक गर्‍यो । प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउने उदेश्य अनुसार डिजिटल नेपाल फ्रेमवर्क अगाडी ल्याएको हो । सोही अनुसार सरकारले अहिले डिजिटल नेपाल बनाउने उदेश्य अनुरुप आफ्ना योजनाहरु अगाडी बढाएको छ ।

वि.स २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको थालनी गरेको नेपालले वि.स २०७६ मा मोबाइलको पहुँच १०० प्रतिशत र इन्टरनेटको पहुँच ६० प्रतिशत पुर्‍याएर डिजिटल माध्यम प्रयोग सम्बन्धमा उल्लेख्य सफलता हासिल गरेको थियो । हालसम्म आइपुग्दा यसमा उल्लेख्य रुपमा पहुँच वृद्धि भएको छ ।

इन्टरनेटको विस्तार

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा सन् २०१७ मा मात्रै २२ लाख ५० हजार नयाँ इन्टरनेट प्रयोगकर्ता थपिएका थिए भने चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को अवधिमा नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । डिजिटल समाजको परिकल्पना अनुरुप सन् २०२० सम्म ९० प्रतिशत जनसंख्यालाई ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने गरी सेवा विस्तार गर्ने कार्य प्रारम्भ भएकोमा २०२१ मा आइपुग्दा उल्लेख वृद्धि भएको अवस्था छ ।

फोरजी सेवा विस्तार

सन् २०१७ मा सुरुवात भएको फोरजी सेवाको विस्तारमा केन्द्रित रहँदै नेपालका अग्रणी मोबाइल सेवा प्रदायकहरुले आगमी वर्षसम्ममा सबैशहरहरुमा सेवा पुर्‍याउने लक्ष्य निर्धारण गरेको थियो । डिजिटल समाजको परिकल्पना अनुरुप सन् २०२० सम्ममा ९० प्रतिशत जनसंख्यालाई ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने गरी सेवा विस्तार गर्ने कार्य प्रारम्भ भएको थियो । प्राधिकरणको तथ्यांकअनुसार २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् ।

मोबाइल प्रयोगमा वृद्धि

भौगोलिक विकटता, प्रतिकूल आर्थिक अवस्था र राजनीतिक अस्थिरता जस्ता थुप्रै चुनौतीहरुका कारण विगतमा नेपाल दूरसञ्चार पूर्वाधारको विकास र विस्तार सीमित हुन पुगेको थियो । तथापी विश्वव्यापी रुपमा प्रविधिमा आएको विकास र नेपालको नीतिगत व्यवस्थामा भएको सुधारको कारण मोबाइल सेवा प्रदायकहरुबाट भएको लगानीले दूरसञ्चार क्षेत्रमा उल्लेखीनय सफलता प्राप्त गरेको छ । पछिल्लो चार/पाँच वर्षमा अन्य एसियाली देशहरु जस्तै नेपालले पनि मोबाइल सेवाको गुणात्मक वृद्धि हासिल गरेको छ । मोबाइलको पहुँच सन् २००९ मा २१ प्रतिशत मात्र रहेको थियो भने स्न २०१८ मा १३३ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म नेपालमा मोबाइल फोन प्रयोगकर्ता तीन करोड ८२ लाख १२ हजार आठ सय पुगेको छ ।

सक्रिय रहेका सिमकार्डलाई आधार बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल संख्या तय गरेको हो । २०७७ असारसम्म तीन करोड ७० लाख ७३ हजार ६ सय ६२ रहेको मोबाइल फोन संख्या बढ्दै फागुनमा उकालो लागेको मन्त्रालयले जनाएको छ । आव २०७५/७६ मा चार करोड नाघेको मोबाइल प्रयोग संख्या सरकारले निश्चित समयावधिसम्म सक्रिय नरहेका सिमकार्ड खारेज गरेपछि आव २०७६/७७ मा मोबाइल प्रयोगको संख्या घटेको थियो । आव २०७४/७५ मा तीन करोड ८३ लाख, २०७३/७४ मा तीन करोड ४१ लाख र २०७२/७३ मा दुई करोड ९७ करोडभन्दा बढी मोबाइल फोन प्रयोगमा थिए ।

ई–कमर्श

नेपालमा सन् २०१७ को मे महिनामा रहेका ५६, २८६ भन्दा बढी वेबसाइटहरुमध्ये ४० हजार व्यवसायिक वेबसाइडहरु रहेका छन् । आफ्नो अनलाइन उपस्थिति बढाउन र आफ्नो व्यवसायलाई विश्वव्यापी रुपमा व्यापक बनाउन धेरै व्यवसाय र संगठनहरुले डिजिटल बजारीकरणलाई उपयोग गरेका छन् । डिजिटल भुक्तानी जस्ता सहयोगी वातावरणको सीमितताले गर्दा नेपालमा इ–कमर्सको विकास संकुचित छ । तथापी भुक्तानीको क्षेत्रमा क्रमभंग गर्ने अपेक्षा गरिएका फिन्टेक स्टार्ट अप्सको शुरुवातका साथै नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा संचालन अनुमति दिने व्यवस्था गरेसँगै यो अवस्थामा परिवर्तन आएको छ ।
राष्ट्र बैंकबाट जारी ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार विद्युतीय कारोबारको संख्या बढ्दोक्रममा रहेको देखिएको छ । जनवरी महिनाको मध्यतिर विद्युतीय कारोबारको संख्या एक लाख २० हजारभन्दा बढी रहेको र कूल कारोबारको रकम ८४३ मिलियन रहेको देखिएको छ ।

नीति तथा नियामक आधार

सूचना र सञ्चार प्रविधिका विकास तथा प्रवद्र्धनका लागि नीति, नियम र नियामक निकायहरुको व्यवस्थले डिजिटल नेपाल फेमवर्कको आधार तयार गरेको छ । वि.सं. २०७२ मा लागू गरिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि नीतिले नेपाली समाजलाई सूचना र सञ्चार प्रविधि क्षेत्रमा भइरहेको तीव्र प्रगतिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाजतर्फ रुपान्तरण गर्न खोजेको छ । त्यसैगरी राष्ट्रि ब्रोडब्यान्ड नीति, २०७१ ले देशभर ब्रोडब्यान्डको पहुँच पु¥याउन र उपलब्ध गराउन एउटा फेमवर्क अगाडि सारेको छ ।

साथै विधुतीय कारोबार ऐन, २०६३, विधुतीय कारोबार नियमावली २०६४, दूरसञ्चार ऐन, २०५३ लगायत नीतिगत व्यवस्थाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र र प्रमाणिकरण नियन्त्रणकको कार्यलय, नेपाल दूरसञ्चार प्राधिकरण जस्ता संस्थाहरुको व्यवस्था गरिएको छ ।

डिजिटल नेपाल फ्रेमवर्कएको दूरदृष्टि, लक्ष्य र उदेश्यहरु

दूरदृष्टिः सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल
लक्ष्यः डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी अर्थतन्त्रका वृहत आयामहरुको रुपान्तरण गरी आधुनिकीकरण गर्ने ।

उदेश्य
– ज्ञानमा आधारिक समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्नु ।
– डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्नु ।
-आम नागरिकलाई प्रदान गरिने सार्वजकि सेवा र सरल र सहज रुपमा उपलब्ध गराउनु ।

डिजिटल फाउन्डेशन

डिजिटल नेपाल कार्यक्रमको आधार स्तम्भ डिजिटल फाउन्डेशन हो । जसमा इन्टरनेटको पहुँच विसतार, डिजिटल साक्षरता र सुशासनको लागि विद्युतीय सेवा उपलब्ध गराउने कुरा समेटिएको छ ।

केही वर्षयता इन्टरनेट पहुँचमा तीव्र वृद्धि भएतापनि उपलव्ध सेवको सामथ्र्य र पहुँच तथा डिजितल साक्षरता जस्ता समस्याका कारण धेरै नेपालीहरु अझै पनि डिजिटल सेवा र सोबाट उपलव्ध हुन सक्ने अवसरबाट वञ्चित छन् । यसर्थ यो कार्यक्रमले इन्टरनेट सेवाको पहुँच सबै नागरिकमा उपलव्ध गराउने उदेश्य दिएको छ ।

कृषिमा प्रविधिको प्रयोग

डिजिटल नेपालमा कृषि क्षेत्रका पहलहरुमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरु रहेका छन् ।
बढ्दो खाद्यान्न खपत धान्नका लागि कृषिको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी कृषिको आयवृद्धि गर्ने कार्यमा एग्रिकेटलाई समाधानको रुपमा बढवा दिने उदेश्य दिइएको छ ।

स्वास्थ्यमा डिजिटल प्रविधि

जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको उदेश्यलाई स्वस्थ्य क्ष्ेत्रका पहलले सहयोग पु¥याउने लक्ष्य राखेको छ । सामथ्र्य, पहुँच र गुणस्तरीय स्वास्थ्य सेवासँग सम्बन्धित समस्याहरुको समाधानका लागि यो कार्यक्रमद्वारा नागरिकले भिडियो कन्फरेन्स, इ–सिकाइ र मोबाइल स्वास्थ्य जस्ता डिजिटल प्रविधिहरुबाट लाभ उठाउने लक्ष्य राखेको छ ।

शिक्षामा डिजिटल प्रविधि प्रयोग

डिजिटल नेपालले शिक्षा क्षेत्रमा परिस्कृति शिक्षण सिकाइ वातावरणको निर्माण जस्ता पहलद्वारा नयाँ आर्थिक अवसरहरुको उपयोग गर्न सक्ने मावन संसाधन तयार पर्ने उदेश्य दिएको छ । यसमा शिक्षणमा सहयोग गर्ने, सिकाइ सम्बन्धी अनुभवलाई समृद्धि पार्ने र शैक्षिक नतिजाहरुमा सधार ल्याउने जस्ता विषयहरुमा डिजिटल प्रविधि प्रयोगका कुरा गर्दछन् ।

उर्जा क्षेत्रमा डिजिटल पहल

उर्जा क्षेत्रका डिजिटल पहलले मूल्य घटाउन मात्र नभई उर्जा नेटवर्कलाई समेत बलियो बनाउन र उर्जाका पूर्वाधार सिर्जना गर्ने उदेश्य लिएको छ । उर्जा क्षेत्रमा प्रयोग गरिने स्मार्ट समाधानहरुमा इन्टरनेट कनेक्टिभिटीको महत्वपूर्ण योगदानका अतिरिक्त ग्राहक केन्द्रित समाधान, स्मार्ट ट्रान्समिसन तथा वितरण नेटवर्कहरु रहेका छन् ।
पर्यटन
डिजिटल नेपालका पहलले विश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार गर्ने, आगन्तुकहरुलाई देशमा आकर्षित गर्ने तथा नेपालीका लागि रोजगारीको अवसर सिर्जना गर्ने उदेश्य राखेको छ । ओम्नी च्यानल मार्केटिङ सोलुसन्स, इ–कमर्श र अग्मेन्टेड रियालिटी जस्ता नवीनतम प्रविधिको प्रयोगद्वारा पर्यटन क्षेत्रमा दक्ष्म जनशक्तिको निर्माण तथा रमाइला पर्यटन अनुभवहरु प्रदान गर्ने विषय यसमा समावेश छन् ।

वित्त

डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका पूर्वाधारबाट लाभ लिँदै बैंक संजालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत क मगर्न प्रयोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बनध रहेकाले फिन्टेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनसंख्या वित्तीय सेवाको पहुँच पुर्याउन, वित्तीय प्रणालीलाई पारदर्शी र जवाफदेहि बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजस्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।

शहरी पूर्वाधार

डिजिटल नेपालका पहलले जल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन जस्ता शहरी पूर्वाधारका आवश्यक सेवाहरुमा सुधार ल्याई नेपालका शहरी जनजीवनको गुणस्तर सुधारका लागि नवीनतम प्रविधिहरुबाट अधितम फाइदा उदेश्य राखिएको छ ।

यस्तै डिजितल भुक्तानीलाई प्रोत्साहन गर्ने, वित्तीय समावेशितालाई प्रवद्र्धन गर्ने गरी फिन्टेकमा लगानी आकर्षिक गर्न स्टार्ट–अप्स तथा टेलिकम कम्पनीको विकासलाई प्रोत्साहन गर्ने, फाइप जी नेटवर्क प्रयोगमा ल्याई अधिकतम फाइदा लिने उदेश्य राखिएको छ ।

नवीन सोच र उद्यमशीलताको विकास लागि आवश्यक पर्ने बलिाये पर्यावरण निर्माण कार्यलाई द्रुत गतिमा प्रवद्र्धन गर्ने, प्राथमिक क्षेत्रहरुमा प्रत्यक्ष वैदेशिक लगानी प्रोत्साहन गर्न डिजिटल नेपाल पहलहरुका लागि प्रत्यक्ष वैदेशिक लगानी निमित्त फास्ट ट्र्याक विधि अपनाउने, डिजिटल नेपालका पहलहरुका लागि शत प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी र कोषको रकम प्रत्यावर्तनका लागि सहजीकण गर्ने उदेश्य लिएको छ ।

प्रतिभा र सीप विकासका लागि सार्वजनिक क्षेत्रका कर्मचारीहरुका लागि डिजिटल सीप विकास तालिम सञ्चालन गर्ने, विद्यालय र क्याम्पसहरुमा अभिवार्य सूचना तथा सञ्चार प्रविधिको शिक्षा लागू गर्ने, व्यावसायिक शिक्षा र तालीमका लागि फिनिसिङ स्कूल सञ्चालन गर्ने उदेश्य राखिएको छ ।

विस्तृतमा हेर्नुहोस्  डिजिटल यात्रामा सरकारले चालेका पहलहरु : 

Digital Nepal Framework


सोसिअल मेडिया