Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब १२ करोड पुग्ने

२०७८ जेष्ठ २८ गते

बैंकिङ खबर/सिद्धार्थ इन्स्योरेन्सले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित उक्त लाभांश पारित गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३।७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि कम्पनकिो चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित लाभांश शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो । यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन समेत पारित गरेको छ ।