सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत

बैंकिङ खबर/सामाजिक सुरक्षा कोषमा हालसम्म ३३ बीमा कम्पनीहरु सूचिकृत भएका छन् । अब कोषमा ७ बीमा कम्पनी सूचिकृत हुन बाँकी छ । ३३ वटा बीमा कम्पनी सूचिकृत भए पनि अधिकांश बीमा कम्पनीले कर्मचारीको योगदान बापतको रकम भने बुझाएका छैनन् । कोषका अनुसार हालसम्म बीमा कम्पनीहरुका १५२८ जना कर्मचारीहरुले मात्रै योगदान गरेका छन् । उनिहरुले हालसम्म ४ करोड २१ लाख रुपैयाँ योगदान बापतको रकम भुक्तानी गरेका छन् । तर अझै पनि कतिपय बीमा कम्पनीहरु कोषमा आवद्ध हुन आनाकानी गरिरहेका छन् ।

कोषले बैंक, बीमा कम्पनी तथा अन्य वित्तीय संस्थाहरुलाई आकर्षित गर्न विभिन्न स्किमहरु सार्वजनिक गरेको छ । यसै क्रममा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को पछिल्लो संशाेधनले रोजगारदाता कम्पनी तथा श्रमिकलाई आकर्षित गर्न खोजेको जनाएको छ ।


सोसिअल मेडिया