अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप


बैंकिङ खबर/बीमा समितिले अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने भएको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दे कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको हो ।
समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । कम्पनीहरुसँगको औपचारीक र अनौपचारीक छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने निकर्ष निकालेको छ ।
समितिले कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समयमा फछर्यौट हुने हो, त्यस अवधी भित्र फछर्यौट गर्ने व्यवस्था मिलाएर जानकारी गराउने समितिले निर्देशन दिएको छ ।


सोसिअल मेडिया