May 31st, 2021

गुराँस लाइफइन्स्योरेन्स १४ औं वर्षमा प्रवेश


बैंकिङ खबर/ गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धत समेत व्यक्त गरेको छ । साथै आम जनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवा मार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]